रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो– डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले आफूहरूलाई भएभरको शक्ति लगाएर लखेट्न खोजिएको भन्दै दुखेसो पोखेका छन्।

नेपालभ्युज

रवि लामिछानेलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो– डोलप्रसाद अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले आफूहरूलाई भएभरको शक्ति लगाएर लखेट्न खोजिएको भन्दै दुखेसो पोखेका छन्।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद अर्यालले पार्टी सभापति लामिछाने नेपाली जनता र युवा पुस्ताको आशाको केन्द्रका रूपमा उदाए पनि भएभरको शक्ति लगाएर लखेट्ने काम भएको आरोप लगाएका हुन्।

विदेशमा रहेका ४० लाख नेपालीजस्तै अवसरको खोजीमा रवि विदेश गए पनि नेपालमै केही गर्ने सोचका साथ फर्किएको उनको दाबी छ।

‘‘उनले (रविले) पत्रकारितालाई पनि नेपाली भूईमान्छेलाई जोड्ने र विकृति र विसङ्गतिलाई तोड्ने पत्रकारिता नै गरेका हुन्। आज राजनीतिमा पनि उनी एउटा आशाकै रूपमा उदाएका छन्। तर, यो युवा पुस्ताको, मुलुक बाहिर रहेर मुलुकभित्रै अवसर खोज्ने युवा पुस्ताको प्रयासलाई भएभरको शक्ति लगाएर लखेट्न खोजियो’’, उनले भने।

साथै, चितवन–२ बाट फेरि पनि सर्वाधिक मतका साथ रवि लामिछानेले जित्नेमा कुनै शंका नरहेको उनले बताए। आफ्नो पार्टीलाई संकट पर्दा साथ दिएको भन्दै अर्यालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved