प्रचण्डलाई हेर्दै राजेन्द्र लिङदेनले भने– ‘कहिले कसको गाडी चलाइरहेको छ, कहिले कसको ?’

सोमबार प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत माग्न बोलाएको बैठकमा मन्तव्य राख्दै अध्यक्ष लिङ्देनले गाडी फेरिरहने ड्राइभरको पन्जामा पर्दा आफूहरू पनि परेको बताए।

नेपालभ्युज

प्रचण्डलाई हेर्दै राजेन्द्र लिङदेनले भने– ‘कहिले कसको गाडी चलाइरहेको छ, कहिले कसको ?’

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पटक पटक गाडी फेरिरहने चालकसँग तुलना गरेका छन्।

सोमबार प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत माग्न बोलाएको बैठकमा मन्तव्य राख्दै अध्यक्ष लिङ्देनले गाडी फेरिरहने ड्राइभरको पन्जामा पर्दा आफूहरू पनि परेको बताए।

उनले भने, ‘‘गाउँघरमा कहिलेकाहीँ यस्तो ड्राइभर भेटिन्छ, छिनछिनमा गाडी फेरिरहन्छ । कहिले कसको गाडी चलाइरहेको हुन्छ कहिले कसको। मान्छेहरूले यो टिकाउनै छैन क्या गाडी फेरिरहन्छ यो। त्यस्तो गाडी फेरिरहने ड्राइभर, धेरै ठाउँको अनुभवले नयाँ गाडी दिन योग्य हो कि जस्तो लाग्छ। यो पटक राप्रपाले सरकारमा सहभागी हुन मन्त्री बन्न त्यस्तो मनसाय लिएको थिएन। तर, त्यस्तो गाडी फेरिराख्ने, तपाईँको गाडी चलाउँछु भनेर आएपछि अनुभवी ड्राइभर छ, तपाइहरूको नयाँ गाडी चलाउँछु भनेर फेरि थैट पुरानो गाडी भयो नयाँ नै चलाउँछु भनेपछि अब हामीले के गर्ने? राप्रपाको अवस्था त यस्तो भयो कि गाडी पनि छ, चलाउने सीप पनि छ, लाइसेन्स छैन, कुर्नुपर्ने भयो राप्रपाले । धेरै कुरा भन्नु छैन प्रधानमन्त्रीजीलाई अर्को यात्राको शुभकामना छ।’’

प्रधानमन्त्री प्रचण्डलाई आफूहरूले धोका नदिई स्वयं प्रधानमन्त्री आफैँले आफूहरूलाई धोका दिएको पनि उनले स्पष्ट पारे। उनले भने, ‘‘धोका हामीले होइन तपाईँले दिनुभयो । भोलि यो छलफल हुनेछ । अलि काम गर्न पाइएन तर पनि यति गरियो भनेर फेहरिस्त देखाइयो ।’’

अध्यक्ष लिङदेनले आगामी वैशाख महिनाको बीचतिर पनि फेरि विश्वासको मत लिने वातावरण सिर्जना नहोस् भन्दै प्रधानमन्त्री प्रचण्डलाई फेरि बधाइसहित शुभकामना दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved