क्रिकेट खेलाडीलाई रंगशालामा सम्मान

नेपालभ्युज

क्रिकेट खेलाडीलाई रंगशालामा सम्मान

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिवार एक दिवसीय विश्वकप छनोटका लागि स्थान बनाएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई दशरथ रंगशालामा सम्मान गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी फुटबल क्लव र एपिएफ क्लवबीचको मध्यान्तरमा नेपाली क्रिकेट टोलीलाई सम्मान गरिएको हो । खेलाडीले उक्त समयमा उपस्थित दर्शकसँग खुशी साटेका थिए । नेपाली टोलीलाई विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै सम्मान गरिएको एमडीएसी स्पोर्टसले जनाएको छ ।

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा भएको अन्तिम त्रिकोणात्मक श्रृंखलामा नेपालले बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्सलाई ९ रनले पराजित गर्दै विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङसहित अन्य पदाधिकारी तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह लगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

एमडीएसीले मनाङ र एपीएफबीचको खेलमा टिकटबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी कल्याण कोषमा हस्तान्तरण गर्ने जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved