बिना तामझाम कुमारी घर पुगे राष्ट्रपति पौडेल

नेपालभ्युज

बिना तामझाम कुमारी घर पुगे राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बसन्तपुरस्थित कुमारीको दर्शन पछि बाहिरिनुहुँदै । तस्बिरः किरणराज विष्ट / रासस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल बिना तामझाम वसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् ।

कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । त्यस क्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरूले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेटबिना नै सवार भए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved