समयमा निद्रा नलाग्ने कारण र छिटो निदाउने उपाय

नेपालभ्युज

समयमा निद्रा नलाग्ने कारण र छिटो निदाउने उपाय

एजेन्सी। अहिलेको समयमा निद्रा नआउने कारण धेरैको समस्या बन्न थालेको छ। यसका पछाडि धेरै कारणहरू हुन सक्छन् ।

हामीले यहाँ केही कारणहरू उल्लेख गरेका छौं जसले गर्दा समयमा निद्रा नलाग्ने समस्या हुन सक्छ ।

 यस्ता छन् निद्रा नलाग्ने कारणहरू

– गलत खानपानले निद्रामा समस्या देखिन्छ । धेरै मसालादार, तारेको, मैदा, जंकफुड आदि अस्वस्थकर खानपिन पनि निद्रा नलाग्नुको कारण हुन सक्छ ।

– त्यस्तै खाने समय पनि गलत हुँदा निद्रामा समस्या हुन्छ । कहिले छिटो छिटो खाने, कहिले धेरै लामो समय नखाने यस्तो खालको दैनिकीले निद्रामा नराम्रो असर गर्छ ।

– रक्सी तथा धुम्रपानको सेवन तथा धेरै क्याफिनको सेवनले पनि निद्रा कम लाग्छ ।

– अहिलेको मुख्य समस्या सुत्ने बेला वा कुनै पनि बेला लामो समय डिजिटल डिभाइसहरूको प्रयोग गरिराख्नाले निद्रा लाग्दैन ।

– रातको समयमा एकदमै धेरै खाना खाने गरेमा निद्रा लाग्दैन ।

राम्रो निद्रा ल्याउने टिप्स

विशेषज्ञहरूलाई मान्ने हो भने हामीले गरिने दिनभरको क्रियाकलापले रातको निद्रामा सिधा असर गर्ने गर्दछ । हाम्रो आहार, व्यायाम, दिनचर्या, शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाएर नै हामी राम्रो निद्रा पाउन सक्छौं ।

यसबाहेक तपाईं यी टिप्सहरूलाई पालना गर्न सक्नुहुन्छ ।

– एउटा निश्चित समयमा ब्यूँझने समय बनाउनुहोस् जसले गर्दा रातमा समयमै निद्रा लाग्छ ।

– सुत्ने बेला फोनको प्रयोग नगर्नुहोस्, किनकि स्क्रीनको उज्यालोले निद्रालाई प्रभावित पार्दछ ।

– खानपिनको समय नियमित एउटै बनाउनुहोस् र सुत्नुअघि भारी खाना खानबाट जोगिनुहोस् ।

– कफी, रक्सी तथा धुम्रपान कम मात्रामा सेवन गर्ने ।

– दिउँसोको समयमा आफूलाई शारीरिक रूपमा सक्रिय बनाउनुहोस् जसले गर्दा थकान हुन्छ र रातमा निद्रा लाग्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved