आजबाट तेस्रो सातामा ‘छक्का पञ्जा ४’

फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। यो पोलिटिकल र कमेडी ड्रामा चलचित्र आक्रामक कमाइका साथ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो।

नेपाल भ्युज

आजबाट तेस्रो सातामा ‘छक्का पञ्जा ४’

काठमाडौं। फागुनको १९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ आजबाट प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। यो पोलिटिकल र कमेडी ड्रामा चलचित्र आक्रामक कमाइका साथ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको हो।

चलचित्रले राजधानीसहित मोफसलका हलमा समेत दोस्रो सातासम्म राम्रो कमाइ गरेको छ । तेस्रो सातामा पनि चलचित्रले उल्लेख्य शोजका साथ प्रदर्शन भइरहेको छ।

आगामी दिनमा पनि चलचित्रको कमाई राम्रो हुने विश्वास निर्माण टिमको छ।
स्वदेशसँगै विदेशमा समेत चलचित्रले आक्रामक कमाई गरिरहेको देखिन्छ। चैतको तेस्रो सातासम्म अपेक्षित नेपाली चलचित्र रिलिजमा नभएकाले ‘छक्का पञ्जा ४’लाई फाइदा पुग्ने देखिन्छ।

हेमराज बीसी निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाह, केदार घिमिरे, अनुराग कुँवर, रमेश बुढाथोकी, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला लगायतको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved