नेपाली क्रिकेटले बटुलेको अन्तर्राष्ट्रिय चर्चा, कसले के लेखे, कसले के भने ?

जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुगेसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा चर्चा बटुलिरहेको छ। नेपालको ऐतिहासिक उपलब्धिलाई अन्तर्राष्ट्रिय संचारमाध्यम र चर्चित व्यक्तिले पनि प्रशंसा गरेका छन् । भारतीय संचारमाध्यममा पनि यो खबरले स्थान पाएको छ ।

नेपालभ्युज

नेपाली क्रिकेटले बटुलेको अन्तर्राष्ट्रिय चर्चा, कसले के लेखे, कसले के भने ?

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरमा पुगेसँगै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा चर्चा बटुलिरहेको छ। बिहीबार भएको लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई ९ रनले हराउँदै विश्वकप क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो । नेपालको ऐतिहासिक उपलब्धिलाई अन्तर्राष्ट्रिय संचारमाध्यम र चर्चित व्यक्तिले पनि प्रशंसा गरेका छन् ।

भारतीय संचारमाध्यममा पनि यो खबरले स्थान पाएको छ । नेपालसँग हारेको यूएईका पत्रकारले समेत नेपालको बारेमा राम्रै उल्लेख गरेका छन् ।

यूएईको दैनिक पत्रिका ‘द नेशनल’ मा पत्रकार पॉल रेडलीले नेपालको जितलाई अविश्वसनीय दृश्य भनेर वर्णन गरेका छन् । रेडलीले नेपाली टोलीलाई समर्थन गर्न आएका दर्शकको पनि खुलेर प्रशंसा गरेका छन्।

रेडली लेख्छन्, ‘करिब १८ हजार क्षमता भएको अन्तर्राष्ट्रिय क्रिकेट भेन्यूमा नेपालको जित्नै पर्ने खेलमा उपस्थित समर्थक क्षमताभन्दा धेरै थिए । खेल सुरु हुनुभन्दा २ घण्टा अगाडि गेटमा घुँइचो थियो। कतिले त रुखमा चढेर पनि हेरे।’

डीएल निर्णयपश्चात अम्पायरसँग यूएईले छलफल गरेपनि नेपालले असम्भव मिसन पुरा गरेको उनले उल्लेख गरेका छन् ।

‘यस्तो कहिले देखेको थिएन । ब्याड लाइटका कारण् नेपालले जित्यो। यूएईको लागि जित अत्यावश्यक नभएपनि आफ्नो शतप्रतिशत भने पक्कै दिएको थियो । नेपाल स्वत क्वालिफायर पुग्यो।’ रेडलीले ट्वीट गरे ।

 

साथै ‘विस्डेन’ नामक मासिक पत्रिकाले नेपाल र यूएईबीचको खेललाई ‘थ्रीलर’ एकदिवसीय खेलको शीर्षक दिएको छ। ‘नाटकीय डीएलएस र समय खेराफाल्ने दाउपेच : थ्रीलर एकदिवसीयमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा’ भनेर विस्डेनले लेखेको छ।

नेपाल मिडल अर्डर ब्याटिङमा टिक्न थालेपछि यूएईले बलिङमा सुस्तता देखाउन सुरु गरेको र त्यसैको प्रतिफल खेल गुमाएको विस्डेनले उल्लेख गरेको छ।

आइसीसीले भने ‘नेपालले काट्यो विश्वकप छनोटको टिकट’ भन्ने शीर्षकसहित समाचार लेखेको छ। अत्याधिक चुनौतीको समना गर्दै नेपालले नामिबियालाई पछि पारेर विश्वकप छनोटमा पुगेको आइसीसीले उल्लेख गरेको छ ।

भारतीय संचार माध्यम आज तक ले ‘नेपाली दर्शकले रुखमा बसेर खेल हरेको’ प्रसङ्ग समेत राखेर समाचार हालेको छ । नेपाली र युएईबीचको खेलमा विश्वकपभन्दा पनि बढि भीड भएको पनि उसले लेखेको छ ।

‘एयर इन्डिया रेडियोले पनि नेपालको जितबारे खबर हालेको छ ।

 

नेपाली क्रिकेट टोलीको जितलाई लिएर समाजिक संजालमा पनि निकै प्रशंसा र चर्चा भईरहेको छ ।

यूएईविरुद्ध कीर्तिमानी जित हासिल गर्दै नेपाल विश्वकपमा छनोट भएको दुरदर्शन डी डी न्यूजले ट्वीट गरेको छ।

खेलको कमेन्टेटर एन्ड्रयू लियोनार्डले पनि नेपालले जितेलगतै टोलीलाई सामाजिक संजालमार्फत पनि बधाईं दिएका थिए। उनले नेपालले तय गरेको ३० दिनको यात्रा आफ्नो जीवनको सबैभन्दा रोमाञ्चक भएको उल्लेख गरेका छन्।

हरेक बलमा टोलीसँग हुनु पाउँदा आफु खुसी भएको उनले उल्लेख गरेका छन्। एन्ड्रयू लेख्छन्, ‘म तपाईंहरु सबैको लागि धेरै खुसी छु। धन्यवाद। ’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved