एजेन्सी । हिजोआज कपाल झर्ने समस्या आम भइसकेको छ । कतिपय युवा ३० नपुग्दै कपाल झरेर तालु खुइले हुँदा समस्या आइरहेको देखिन्छ । अनुहार तथा जिउडाल जतिसुकै राम्रो भए पनि कपाल भएन भने सुन्दरता अधुरो हुन्छ ।
त्यसैले समयमै कपाल झर्नबाट जोगाउनु आवस्यक छ । यदि कपाल झरिरहेको छ र एकदमै पातलो भएको छ भने पनि चिन्ता नलिनुहोस् । आज यहाँ हामीले तपाईंलाई यस्तो तेलको बारेमा बताउनेछौं जसको नियमित प्रयोगले तपाईंको झरेको कपाल उम्रने छ ।
तेल बनाउने सामग्री तथा विधि
अरु कुनै तेल होइन तपाईं आफूले घरमा खाने शुद्ध तोरीको तेल आवश्यकताअनुसार लिनुहोस् । एउटा प्यानमा राखेर तेल तताउनुहोस् । तेल तातेपछि त्यसमा केही मात्रामा मसिनो गरी काटेको प्याज राख्नुहोस् ।
साथमा थोरै मेथी पनि फुराउनुहोस् । उक्त प्याज कालो हुँदा सम्म तताउनुहोस् । तपाईंले भन्न सक्नुहुन्छ मलाई प्याजको गन्ध मन पर्दैन । प्याजलाई पूरै कालो भएर जल्यो भने गन्ध कत्ति पनि आउँदैन ।
त्यसपछि आगो बन्द गर्नुहोस् र उक्त तेल सेलाएपछि छानेर एउटा डब्बामा राख्नुहोस् । उक्त तेललाई नुहाउनु भन्दा दुई घण्टा अगाडि कपालको जरादेखि टुप्पोसम्म मसाज गर्दै लगाउनुहोस् ।
तपाईं राती सुत्नुअघि तेल लगाएर सुत्न पनि सक्नुहुन्छ । त्यसपछि बिहान नियमित प्रयोग गर्ने स्याम्पुले कपाल धुनुहोस् । यसरी यो तेललाई नियमित प्रयोग गर्नुहोस् । केही हप्तामै नतिजा देखिनेछ । कपाल झर्न नरोकिएसम्म हरेक पटक नुहाउनु अघि यो तेल लगाउन नबिर्सनुहोस् ।