कृषि विश्वविद्यालयका डीनद्धारा महिला कर्मचारीलाई काखमा राख्दै अश्लील हर्कत (भिडिओसहित)

पहिलो भिडिओमा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ। दोस्रो भिडिओमा डिन दत्तले महिलाको संवेदनशील अङ्गमा चुम्बन गरेको देखिन्छ। महिला भने डिनको काखबाट फुत्कन खोजेको देखिन्छ। तर डिन दत्तले जबरजस्ती तानिरहेको देखिन्छ।

नेपालभ्युज

कृषि विश्वविद्यालयका डीनद्धारा महिला कर्मचारीलाई काखमा राख्दै अश्लील हर्कत (भिडिओसहित)

काठमाडौं। चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले कार्यालयका महिला कर्मचारीलाई हिंसा गर्ने गरेको रहस्य खुलेको छ। त्यो पर्दाफास गर्नेमा अरू कोही नभए स्वयम् डीन दत्त नै हुन्।

मंगलबार उनी आफैँले एक जुम मिटिङ राखेका थिए। कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी जुम मिटिङमा जोडिएका थिए। सबैले आआफ्ना धारणा र प्रस्तुति दिइरहेका थिए। सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा सहभागीहरू चकित परे, जब डीन दत्त अशोभनीय हर्कत गरे।

डिन दत्त भने संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई बेवास्ता गरेर एक जना महिला कर्मचारीलाई तानेर उनले आफ्नो काखमा राखे। उनका सबै गतिविधि जुम मिटिङमा रेकर्ड भएको भिडिओमा प्रस्ट देखिन्छ।

२ वटा भिडिओ सार्वजनिक भएको छ। पहिलो भिडिओमा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ। दोस्रो भिडिओमा डिन दत्तले महिलाको संवेदनशील अङ्गमा चुम्बन गरेको देखिन्छ।

भिडिओमा महिला भने डिनको काखबाट फुत्कन खोजेको देखिन्छ। तर डिन दत्तले जबरजस्ती तानिरहेको देखिन्छ।
यस विषयमा डिन दत्तसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved