लिग–२ : कप्तान वसीमको शतकीय पारीमा पीएनजीमाथि यूएईको जित

नेपालभ्युज

लिग–२ : कप्तान वसीमको शतकीय पारीमा पीएनजीमाथि यूएईको जित

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा यूएईले पीएनजीलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पीएनजीमाथि ६ विकेटको जित हासिल गरेको हो।

२३४ रनको लक्ष्य यूएईले ६८ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यूएईको जितमा विष्फोटक ब्याटिङ गरेका कप्तान मुहम्मद वसीमले शतकीय पारी खेले। वसीम ७६ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै ११९ रन पूरा गरे।

यो उनको पहिलो एकदिवसीय शतक हो। वसीम ६० बलमा शतक पूरा गर्ने यूएईका पहिलो खेलाडी पनि बनेका छन्। वृत्य अरविन्दले भने ३३ रनको योगदान गरे।

पीएनजीको लागि भने रिले हेकुरेले २ तथा कबुवा मोरिया र जोन करिकोले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको पीएनजीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा २३४ रन बनायो। पीएनजीको लागि कप्तान असाद भालाले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६५ रनको योगदान गरे।

विस्फोटक ब्याटिङ गरेका नर्मन भनुवाले ४९ रनमा अविजित रहे। उनले ३१ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन बनाए।

यूएईका लागि हजरत बिलालले ४ तथा जवार फरिद र रोहन मुस्तफाले १–१ विकेट लिए।

एकदिवसीय मान्यता जोगाउने दौडबाट बाहिरिसकेका पीएनजी र यूएई सम्मानीय अंकसहित लिग–२ लिगको समापन गर्ने योजनामा रहेका छन्।

नामिबियमा हुने प्लेअफ क्वालिफायरमा यूएई र पीएनजीले क्यानडा र जर्सीलाई पछि पार्दै एकदिवसीय मान्यता जोगाउने अवसर रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved