सल्यानमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

सुर्खेत। सल्यानमा शिकार खेल्न गएका एकजनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो ।

सोमबार दिउँसो गाउँबाट करिब दुई किलोमिटर टाढा बाहुनका जंगलमा शिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा घाइते भएका चित्रबहादुर घाइते भएको उनको उपचारमा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बन्दुक र बन्दुक बोकेका आइते फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved