राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

नेपालभ्युज

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई
फाइल तस्वीर ।

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्नु भएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले सोमबार उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका  हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराएका हुन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved