उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाको घोषणा

नेपालभ्युज

उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिएको प्रमिलाको घोषणा

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिला कुमारीले उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भए पनि आफूले फिर्ता लिएको घोषणा गरेकी हुन्।

उनले भनेकी छन्, “प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भए पनि प्रतिबद्धताका साथा म वहाँ (रामसहाय यादव) लाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।”

यससँगै उनले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने बताएकी छन्।

जसपाबाट रामसहायले पनि उपराष्ट्रपतिमा उम्मेदवार छन्। त्यस्तै, नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन्।

उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ। निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved