काठमाडौं। शहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब र न्यू रोड टिम एनआरटीबीचको खेल बराबरीमा सकिएको छ।
च्यासल रंगशालामा आइतबार भएको खेलमा आर्मी र एनआरटीबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो।
आर्मीको लागि नवयुग श्रेष्ठ, सुदील राई र दिनेश हेनजनले गोल गरे। एनआरटीको लागि भने लालनुनजामा र जिन एन्सियन्टले गोल गरे।
खेलको १४ औँ मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। ५० औँ मिनेटमा लालनुनजामाले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
५५ औँ मिनेटमा जिनको गोलले एनआरटीले अग्रता लियो। ६० औँ मिनेटमा लालनुनजामाले एनआरटीको लागि तेस्रो गोल गरे।
खेलको ६७ औँ मिनेटमा सुदिलले आर्मीको लागि गोल गरे। ८४ औँ दिनेशले आर्मीको लागि तेस्रो गोल गर्दैँ खेललाई बराबरीमा पुर्याए।
तेस्रो खेलपश्चात एनआरटी ११ औँ स्थानमा तथा आर्मी भने चौथो स्थानमा उक्लिएको छ।
Facebook Comment
Comment