काठमाडौंका वासीन्दालाई गिज्याइरहेको बागमती (तस्वीरहरू)

नेपालभ्युज

काठमाडौंका वासीन्दालाई गिज्याइरहेको बागमती (तस्वीरहरू)

बागमती नदी नेपालीहरूको आस्थाको केन्द्र हो । हिन्दूहरूका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दूहरूको मात्रै नभई किरात समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दूसमान छ। बागमती नदीको सभ्यता धेरै गर्विलो छ ।

बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाइमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको बागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहन सक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन ।

पछिल्लो समय बागमती सरसफाइ अभियानसँगै बागमतीमा केही कम फोहोर छ, तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण बागमती नदी स्वच्छ, सफा र सुन्दर बागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ ।

सबै लागेर फोहोर नफाल्ने हो भने फेरि बागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ । तर, काठमाडौंवासी नै वागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्ने कुराबाट टाढा छन् । काठमाडौं उपत्यकाभित्र त वागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौं बाहिरिने क्रममा पनि कालो वागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ ।

काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले बागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित बागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौंजस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ ।

काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल यूएन पार्कनजिक बागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको बागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ ।

यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाइमा ध्यान दिने हो भने पक्कै पनि बागमतीले आफ्नो पुरानो लय समात्नेछ ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका यी तस्वीरहरू ।

ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved