एक चम्चा तेलले कपाल हुनेछ लामो

नेपालभ्युज

एक चम्चा तेलले कपाल हुनेछ लामो

एजेन्सी । लामो कपाल महिलाको सुन्दरतामा सहयोगी मानिन्छ । आज हामी युवतीका लागि कपाल लामो बनाउने सजिलो उपाय बताउँदैछौं ।

यसमा मात्र एक चम्चा तेल चाहिनेछ जसले कपाल छिटै लामो हुनेछ । सौन्दर्य विशेषज्ञले बताएअनुसार तिलको तेलले पर्याप्त पोषण दिन्छ जसले कपाल लामो, बाक्लो र सिल्की हुन्छ ।

यसका लागि तपाईंले एक चम्चा तिलको तेल, एक चम्चा नरिवलको तेल र एक चम्चा एलोबेरा जेललाई एउटा कचौरामा मिसाउनुहोस् । यसरी बनेको मिश्रणलाई कपालको जरामा लगाउनुहोस् । साथै हल्का हातले मसाज गर्नुहोस् ।

३० मिनेट उक्त मिश्रण लगाएर छोड्नुहोस् । यदि तपाईंले चाहे यसलाई रातभर छोड्न पनि सक्नुहुन्छ । उक्त मिश्रण लगाएको कपाललाई माइल्ड स्याम्पुको मद्दतले धुनुहोस् ।

हप्तामा एकपटक यो मिश्रण अवश्य लगाउनुहोस् । लगातार २–३ पटकको प्रयोगले कपालमा परिवर्तन आउनेछ । तिलको तेल अन्य तेल भन्दा अलि तेजिलो हुन्छ ।

त्यसैले यसलाई आँखा वरिपरि नलगाउनुहोस् । यदि टाउकोमा लगाउँदा पनि यस तेलको असर आँखासम्म आयो भने हानी गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved