पीएनजीसँग यूएईको लगातार तेस्रो हार, एकदिवसीय मान्यता गुमाउने डर

नेपालभ्युज

पीएनजीसँग यूएईको लगातार तेस्रो हार, एकदिवसीय मान्यता गुमाउने डर

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्यू गिनी पीएनजीले यूएईलाई पराजित गरेको छ । लिग २ क्रिकेटमा पीएनजीसँग यूएईको यो लगातार तेस्रो हार हो ।

यूएईको पराजयले नेपाललाई भने एकदिवसीय मान्यता बचाउन सहज हुनेछ । यूएईका लागि भने एकदिवसीय मान्यता गुमाउने खतरा देखिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार पीएनजीले यूएईलाई ५६ रनले पराजित गरेको हो ।

२४७ रनको लक्ष्य पछ्याएको यूएई १९० रनमा अलआउट भयो । यूएईका आर्यन लाक्रालले ५१ र मुहम्मद वसीमले ४१ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

पीएनजीका रिले हेकुरेले ३ तथा कबुवा मोरिया र आसाद भालाले २–२ विकेट लिए । पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २४६ रन बनाएको थियो ।

पीएनजीका सेसे बाउले अविजित ८१ रन जोडे । हिरी हिरीले ७७ र किप्लिन डोरिगाले ५५ रनको योगदान गरे । यूएईका आयान अफजल खानले ३ तथा जुनैद सिद्दिकी र जहूर खानले २–२ विकेट  लिए ।

नेपाल र यूएईबीच आइतबार प्रतिस्पर्धा हुनेछ । दुवै टोलीको अब ३ खेल खेल्न बाँकी छ। अबका सबै खेल जित्न सके नेपालले विश्वकप क्वालिफायरमा स्थान पक्का गर्नेछ। १ खेल जितेमा पनि नेपालको एकदिवसीय मान्यता जोगिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved