‘ए’ डिभिजन लिग : जावलाखेलको लगातार दोस्रो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : जावलाखेलको लगातार दोस्रो जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलावखेल फुटबल क्लबले लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा जावलाखेलले न्युरोड टिम एनआरटीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

जावलाखेलको लागि सिमान्त थापा र फोडे फोफानाले गोल गरे। एनआरटीको लागि सञ्वीव विष्टले गोल फर्काए। ६८औँ मिनेटमा सिमान्तको गोलले जावलाखेलले खेलमा अग्रता लियो। ७७औँ मिनेटमा फोफानाको गोलले जावलाखेलको अग्रता दोब्बर भयो।

८० औं मिनेटमा एनआरटीको लागि सञ्जीवले गोल फर्काए। यससँगै जावलाखेलले थप ३ जोडेको छ। एनआरटीले भने लगातार दोस्रो हार व्यहोरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved