घुँडा र कुहिनोको कालो हटाउने घरेलु उपाय

नेपालभ्युज

घुँडा र कुहिनोको कालो हटाउने घरेलु उपाय

एजेन्सी । जब छालाको स्याहारको कुरा आउँछ प्रायः हामीले अनुहारका बारेमा नै सोंच्ने गर्दछौं । तर हाम्रै शरीरको घुँडा र कुहिनोलाई बेवास्ता गर्छौं ।

अब गर्मी पनि सुरु भइसक्यो र धेरै जस्तो युवतीलाई छोटो कपडा लगाउन मन पर्छ । त्यस्ता युवतीले त झनै विशेष गरी घुँडा र कुहिनाको पनि विशेष ख्याल गर्न जरुरी छ ।

त्यसैले आज हामी तपाईंलाई घुँडा र कुहिनोको कालोपन हटाउने घरेलु स्क्रब बारेमा जानकारी गराउनेछौं ।

कफी स्क्रब

कुहिनो र घुँडालाई सफा गर्न तपाईं घरमै कफीको स्क्रब बनाउन सक्नुहुन्छ । यसका लागि एक चौथाई कप कफी, एक चौथाई कप ब्राउन सुगर र एक चौथाई कप नरिवलको तेलको आवश्यकता पर्दछ ।

यो स्क्रब बनाउन सबै सामग्रीलाई एउटा कचौरामा राखेर राम्रोसँग फिट्ने । अब उक्त स्क्रबलाई कुहिनो र घुँडामा लगाएर गोलो आकारमा मसाज गर्ने । २–३ मिनेट मसाज गरेपछि मनतातो पानीले सफा गर्ने । यो प्रक्रियालाई हप्तामा दुई पटक गर्न सकिन्छ ।

कफी र ब्राउन सुगरले छालालाई एक्सफोलिएट गर्छ र रक्त सञ्चारलाई राम्रो बनाउँछ । साथै नरिवलको तेलले छालालाई मोइस्चराइज गर्ने काम गर्दछ ।

चिनी र जैतुन तेलको स्क्रब

यो स्क्रब बनाउन चिनी एक चौथाई कप, जैतुनको तेल एक चौथाई कपको आवश्यकता पर्दछ । यो सबै सामग्री एउटा कचौरामा मिसाउने । त्यसपछि कुहिना र घुँडामा लगाउने ।

२-३ मिनेट मसाज गरेपछि मनतातो पानीले धुने । यो प्रक्रियालाई पनि हप्तामा दुई पटक गर्न सकिन्छ । यसमा चिनीले मरेको छाला हटाउने काम गर्छ । साथै एक्सफोलिएट गर्ने काम गर्छ ।

त्यस्तै जैतुनको तेलले छालालाई पोषण दिन्छ । यसरी तपाईंको अनुहारसँगै घुँडा र कुहिनो पनि चम्किनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved