एजेन्सी । वास्तुशास्त्रमा रुख विरुवाको पनि आफ्नै महत्व छ । हेर्नका लागि राम्रो मात्र नभएर यसले मानिसको जीवनमा सुख समृद्धि ल्याउने पनि मान्न सकिन्छ ।
वास्तुशास्त्रका अनुसार यदि घरमा रुख विरुवा लगाइयो भने धनको कमी कहिल्यै हुँदैन । जानौं ती भाग्यशाली विरुवा के के रहेछन् :
मनी प्लान्ट
मनी प्लान्टको विरुवा घरमा लगाउँदा प्रगति हुन्छ साथै आर्थिक समस्याबाट छुट्कारा पाइन्छ ।
कमलको फूल
घरमा कमलको फूल लगाउँदा सुख समृद्धि आउने र लक्ष्मीको कृपा रहिरहने वास्तुमा बताइएको छ ।
तुलसी
तुलसीको बोट त प्रायः नेपालीको घरमा हुन्छ । यसले घरको नकारात्मक ऊर्जा टाढा भाग्छ र धनमा वृद्धि हुन्छ ।
केराको बोट
घरमा केराको बोट लगाउनु पनि एकदमै शुभ मानिएको छ । यसबाट भगवान विष्णुका साथै लक्ष्मीको पनि कृपा बनिरहने वास्तुमा बताइएको छ ।
अमलाको रुख
यदी तपाईं घर वरिपरि अलि धेरै जमिन छ भने अमलाको रुख लगाउन सक्नुहुन्छ । साथै यसलाई दिनहुँ पूजा गर्नाले देवीदेवता खुशी हुने मान्यता छ ।
Facebook Comment
Comment