यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

नेपालभ्युज

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु
फाइल तस्वीर

यमन। यमनमा डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि २१ जनाको ज्यान गएको छ। मंङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।

यमनको उत्तरी रेड सीमा सो डुंगा दुर्घटना भएको हो । उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।

उत्तरी यमनको नगर होदिदाह नजिकैको समुद्रमा डुङ्गा डुबेको बताइएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका परेका पनि सो समाचारमा जनाइएको छ ।

आफन्तको विवाह समारोहमा सहभागी भएर घर फर्किँदै गरेका स्थानीय नागरिक चढेको डुङ्गा डुबेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र ६ जना बालबालिका थिए ।

डुङ्गा डुबेपछि उद्धारको कार्य गरिएको र ६ जनालाई जिवीतै उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved