नौ दलका सांसद सबै काठमाडौं आइपुगे

नेपालभ्युज

नौ दलका सांसद सबै काठमाडौं आइपुगे

काठमाडौं। नौ दलीय गठबन्धनले आफ्ना सांसदहरूलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइसक्न र पार्टी सम्पर्कमा रहन दिएकाे निर्देशन पालना गर्दै सबै सांसद  काठमाडौं आइपुगेका छन्।

गठबन्धनका एक नेताका अनुसार सांसदहरूलाई काठमाडौं आएर पनि पार्टी सम्पर्कभन्दा बाहिर बस्न र बोल्न नपाइने निर्देशन छ। बिहीबार हुने राष्ट्रपति निर्वाचनमा भोट दिन सांसदहरू काठमाडौं आएका हुन्।

यसअघि, बसेको गठबन्धनको बैठकले पनि राष्ट्रपति निर्वाचनका लागि सांसदहरूलाई बुधबार बिहान काठमाडौं आइपुग्न निर्देशन दिने निर्णय गरेको थियो। बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरूलाई आजसम्म काठमाडौं आइपुग्न सर्कुलर जारी गरेको  थिए।

यस्तै, गठबन्धनले शतप्रतिशत भोट खस्ने गरी सबै दलले पहल गर्ने पनि निर्णय गरेको छ। राष्ट्रपतिको निर्वाचन भोली फागुन २५ गते संघीय संसदभवनको बाहिर स्थापना गरिएको निर्वाचन कार्यालयमा हुनेछ ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहितासमेत लागू गरिसकेको छ। बिहीबार दिउँसो मतदान सम्पन्न भएपछि साँझसम्म निर्वाचन परिणामसमेत सार्वजनिक हुने आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved