पहाडी क्षेत्रको मौसम बदली हुने, तराइका केहि ठाउँमा हावाहुरीको सम्भावना

नेपालभ्युज

पहाडी क्षेत्रको मौसम बदली हुने, तराइका केहि ठाउँमा हावाहुरीको सम्भावना

काठमाडौं। प्रि मनसुनको सिजनका कारण आज पनि देशका पहाडी क्षेत्रमा मौसम बदली हुने भएको छ । पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने  सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको अनुमान पनि गरिएको छ ।

यस्तै, आज लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved