बैंक तथा वित्तिय संस्था शत्रु भयो : व्यवसायी प्रसाई

नेपालभ्युज

बैंक तथा वित्तिय संस्था शत्रु भयो :  व्यवसायी प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई शत्रुको संज्ञा दिएका छन् ।

आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए । सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनको नै सुरुवात गर्नु परेको उनले जिकीर गरे ।

प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी समेत गरे । उनले भने,‘बैंक, लघुवित्त, सहकारीहरुले साथ दिने होइन, सत्रुको रुपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरुले पुर्‍याए । त्यसो भएपछि आफूहरुले आन्दोलन नै सुरु गर्नुपर्‍यो ।’

प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबारबाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन  गरिरहेका छन । गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved