विश्वकप क्रिकेट लिग–२ : नेपालले तीन खेल जिते एक दिवसीय मान्यता जोगिने

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले ५ खेल खेल्न बाँकी हुँदा अब तीन खेल जितेमा एक दिवसीय मान्यता जोगिने भएको छ। सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ। तीन खेल जिते एक दिवसीय मान्यता कायमै रहनेछ।

नेपालभ्युज

विश्वकप क्रिकेट लिग–२ : नेपालले तीन खेल जिते एक दिवसीय मान्यता जोगिने

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले ५ खेल खेल्न बाँकी हुँदा अब तीन खेल जितेमा एक दिवसीय मान्यता जोगिने भएको छ। सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ। तीन खेल जिते एक दिवसीय मान्यता कायमै रहनेछ।

युएईमा भइरहेको त्रिदेशीय शृङ्खलामा नेपालले पर्सि सोमवार घरेलु टोलीसँग खेल्नेछ। त्यसपछि नेपाल, पपुवा न्युगिनी र यूएईबीच कीर्तिपुरमा लिग–२ को अन्तिम त्रिदेशीय एक दिवसीय शृङ्खला हुनेछ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको थियो। नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ। नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ।

अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ। नेपालले तीन खेल जित्दा ३६ अङ्क हुनेछ। ३६ अङ्क शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ। नेपाललाई सोझै विश्व कप छनोट खेल्न ४० अङ्क आवश्यक छ। बाँकी सबै खेल जितेमा नामिबियालाई पछि पार्दै नेपाल विश्व कप छनोटमा पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved