अग्ली देखिन चाहनुहुन्छ ? यस्तो लुगा लगाउनुहोस्

नेपालभ्युज

अग्ली देखिन चाहनुहुन्छ ? यस्तो लुगा लगाउनुहोस्

एजेन्सी । कतिपय अवस्थामा तपाईं आफूलाई होची भएको लुगा नसुहाएको वा आत्मविश्वास कम भएको महसुस गर्नुभएको हुन सक्छ ।

होचो हुनु आफैमा कुनै समस्या होइन । तर पनि आकर्षक र अलिकति अग्लो देखिनका लागि तपाईंले आफ्नो लगाउने तरिकामा परिवर्तन गर्न सक्नुहुन्छ ।

लुगा लगाउँदैमा तपाईंको हाइट नै बढ्ने त हुँदैन । तर पनि कस्तो लुगामा मानिस आकर्षक देखिन्छ भनेर चाहिँ ख्याल गर्नु जरुरी हुन्छ । यसले तपाईंमा आत्मविश्वास पैदा हुन्छ र बाहिर घुलमिल हुन पनि सजिलो हुन्छ ।

आज हामी यहाँ लुगा लगाउने केही तरिका तथा होचो कद भएका युवतीले कस्तो लुगा लगाउँदा अझ धेरै सुहाउँछ भनेर बताउनेछौं ।

१. कम हाइट भएका युवती यदि लेग्गिंग लगाउनुहुन्छ भने अग्लो देखिनका लागि हाई वेस्ट लेग्गिंग लगाउनु सक्नुहुन्छ । यसरी तपाईंका खुट्टा लामा देखिन्छन् र तपाईं अग्ली देखिनुहुन्छ ।

२. अग्लो देखिनका लागि सधैं फिटिंग कपडा लगाउनु पर्दछ । किनकी धेरै खुकुलो वा लुज कपडामा हाइट कम देखिन्छ । त्यसैले होचो व्यक्तिले जहिले पनि शरीरमा फिट हुने खालको लुगा लगाउनु पर्दछ ।

३. परम्परागत लुगा लगाउँदा होचो युवतीले लामो कुर्ताहरु लगाउनुहोस् । छोटो हाइट भएका युवतीले प्लाजो वा खुकुलो सुरवाल लगाउनु हुँदैन यसमा उनीहरु झनै होँचो देखिन्छन् ।

४. कुनै पनि कपडाको गला गोलो लगाउँदा होचो देखिन्छ । त्यसैले होची युवतीले सधै भि गला गरेको लुगा लगाउनु राम्रो हुन्छ ।

५. होचो कद भएका युवतीले तेस्रो पट्टी भएका लुगाको ठाउँमा सिधा रेखा वा पट्टी भएका लुगा लगाउनु पर्दछ ।

६. होचो कद भएका युवतीले मेक्सी वा लामो खालको कपडा पनि लगाउनु त्यति सुहाउँदैन ।

७. जिन्स पाइन्ट छान्ने बेला जहिले पनि हाई वेस्ट वाला छान्नुपर्दछ । साथै खुकुलो भन्दा टाइट जिन्स, स्ट्रेट जिन्स वा स्किनी जिन्स लगाउन सकिन्छ । यस्तो जिन्समा अग्लो देखिन्छ ।

८. होचो युवतीले साडी लगाउँदा जहिले पनि मसिनो बुट्टा भएको वा सानो बोर्डर भएको साडी लगाउनु पर्दछ । सिफन वा जर्जेटको साडी राम्रो देखिन्छ । यदि सानो हाइट तौल बढी छ भने सिल्क तथा कान्जीवरम पनि राम्रो देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved