लिग २ क्रिकेट : नेपालको विजयी यात्रा रोकियो, युएईसँग ६८ रनले पराजित

यो हारले नेपालको विश्वकप छनोटको यात्रामा धक्का लागेको छ । विश्वकपमा छनोट हुन नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । एकदिवसीय मान्यता बचाउन भने ४ खेल जिते पुग्नेछ ।

नेपालभ्युज

लिग २ क्रिकेट : नेपालको विजयी यात्रा रोकियो, युएईसँग ६८ रनले पराजित

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग पराजित भएको छ। युएईस्थित दुबईं अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल घरेलु टोलीसँग ६८ रनले पराजित भएको हो।

यससँगै नेपालको लिग–२ मा लगातार जितको यात्रामा विराम लागेको छ । २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १३९ रन बनाएर अलआउट भयो । कुशल मल्ल र सन्दीप लामिछानेले बहादुरी देखाए पनि अन्य ब्याट्स्म्यान टिक्न नसकेपछि नेपाल पराजित भएको थियो ।

बलरलाई सहयोग गर्ने पिचमा मल्लले विष्फोटक ब्याटिङ गरे । उनले ५३ बलमा ९ चौका र एक छक्का मद्दतमा ६० रन बनाए । अन्तिममा आएका लामिछानेले केही आशा जगाएका थिए । तर उनले साथी पाएनन् ।

सन्दीप २६ रनमा अविजित रहे भने आसिफ शेखले १७ रन जोडे। युएईका रोहन मुस्तफाले ३ तथा जुनैद सिद्धिकी र कार्थिक मयप्पनले  २–२ विकेट लिए ।

पहिले ब्याटिङ गर्दै युएईले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । सन्दीप लामिछानेले ३ विकेट लिए । युएईका लागि ओपनर आसिफ खानले ७२ र रोहन मुस्तफाले अविजित ५२ रन बनाए ।

यो हारले नेपालको विश्वकप छनोटको यात्रामा धक्का लागेको छ । विश्वकपमा छनोट हुन नेपालले अब बाँकी ६ वटै खेल जित्नुपर्नेछ । एकदिवसीय मान्यता बचाउन भने ४ खेल जिते पुग्नेछ । यसअघि नेपालले लगातार पाँच खेल जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved