मासिक करोडौं कमाउने शाहरुख खानकी पत्नीविरुद्ध प्रहरीमा ठगीको उजुरी

धेरै पैसा कमाउने सूचना रहेका बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी ठगी कान्डमा मुछिएकी छिन्। ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको आरोप छ।

नेपालभ्युज

मासिक करोडौं कमाउने शाहरुख खानकी पत्नीविरुद्ध प्रहरीमा ठगीको उजुरी

काठमाडौं। धेरै पैसा कमाउने सूचना रहेका बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी ठगी कान्डमा मुछिएकी छिन्। ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको आरोप छ।

गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनउको एक प्रहरी चौकीमा उजुरी दिएका हुन्।

लखनउमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेका छन्। गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन्। यो फ्ल्याट तुलसियानी गोल्ड भ्यु, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ।

उजुरीकर्ताले गौरीबाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन्। ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ।

गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ। उनी बी–टाउनकी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रिटीको घर डिजाइन गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved