होलीमा छालाको स्याहार कसरी गर्ने ?

होली खेल्न रमाइलो त हुन्छ तर रंगले छालामा गर्ने असरले भने समस्या गराइरहन्छ । होलीको रंगबाट छालालाई कसरी जोगाउने भन्ने बारे आज हामी यहाँ बताउनेछौं । 

नेपालभ्युज

होलीमा छालाको स्याहार कसरी गर्ने ?

एजेन्सी । रंगहरुले भरिएको होली पर्व छिटै आउँदैछ । तपाईं पनि आफ्ना परिवार तथा साथीहरुसँग होली पर्व मनाउनका लागि उत्सुक भइसक्नु भएको छ होला ।

होली खेल्न रमाइलो त हुन्छ तर रंगले छालामा गर्ने असरले भने समस्या गराइरहन्छ । होलीको रंगबाट छालालाई कसरी जोगाउने भन्ने बारे आज हामी यहाँ बताउनेछौं ।

तेल लगाउनुहोस्

होली खेल्नु भन्दा पहिला आफ्नो छाला तथा कपालमा तेल लगाउनु एउटा राम्रो विकल्प हो । किनकी तेलले सुरक्षा कवचको काम गर्छ । जसले गर्दा तपाईंको छाला तथा कपाललाई रंगबाट बचाउँछ र उक्त रंगलाई छालाबाट सजिलै निकाल्न मद्दत गर्छ ।

मोइश्चराइज गर्न आवश्यक

हरेक समय आफ्नो छालालाई मुलायम बनाउनका लागि मोइश्चराइजरको प्रयोग गर्नुहोस् । मोइश्चराइजरको प्रयोगले रंग तथा अन्य केमिकलको प्रभावबाट छालालाई जोगाउँछ । आफ्नो छालाको प्रकृति अनुसारको मोइश्चराइजर प्रयोग गर्नुपर्छ ।

छालालाई हाइड्रेट गर्नुहोस्

एउटा राम्रो वाटरबेस्ड (पानी जस्तो) टोनरको प्रयोग गर्नुहोस् । जसले तपाईंको छालालाई हाइड्रेट गर्छ पोषण दिन्छ । टोनरको प्रयोग गर्दा क्लिनिकली प्रमाणित भएको वा हर्बलमा प्रयोग गर्न सकिन्छ ।

स्क्रबको प्रयोग

जब छालामा कुनै प्रकारको फोहोर हुन्छ त्यसलाई गहिराईमा गएर सफा गर्न स्क्रबको आवश्यकता पर्दछ । त्यसैले होलीको रंग खेलिसकेपछि पनि छाला सफा गर्नका लागि स्क्रबको प्रयोग गर्नुहोस् ।

अनुहार र शरीरका लागि विभिन्न स्क्रब बजारमा पाइन्छ । तपाईंले आफ्नो छालाको प्रकृति र स्क्रब क्रिमको फाइदा हेरेर आफ्नो लागि कुनै छान्न सक्नुहुन्छ ।

सनस्क्रीनको प्रयोग

होली खेल्न जानुभन्दा अगाडि मोइस्चराइज र पोषण दिएर आफ्नो छालालाई तयार गर्नुहोस् । त्यसका लागि सनब्लक तथा सनस्क्रीन क्रिम लगाउन नबिर्सनुहोस् ।

यस्तो सनस्क्रीन लगाउनुहोस् जसले तपाईंलाई घामबाट पनि जोगाउँछ र रंगहरुको प्रभाव पनि छालामा कम गर्न मद्दत गर्छ ।

क्लिंजिङ 

छालाको स्याहारलाई पूर्णता दिन क्लिंजिङको प्रयोग गर्नु आवश्यक हुन्छ । अनुहारमा क्रिमको प्रयोग गर्नुभन्दा अगाडि छाला राम्रोसँग क्लिंजिङ गर्नु जरुरी छ ।

त्यस्तै मेकअप निकाल्न वा फोहोर सफा गर्नका लागि पनि राम्रो क्लिंजरको आवश्यकता पर्दछ । त्यसैले माइल्ड खालको क्लिंजरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

यसले होलीको रंग सफा गर्न मद्दत गर्छ नै साथै छालालाई सुख्खा हुनबाट पनि जोगाउँछ । दिनहुँ प्रयोगका लागि फेसवासको ठाउँमा क्लिंजिङ गर्नु एकदमै सही उपाय हो ।

होलीमा कपालको सुरक्षा

छालासँगै कपालको सुरक्षा पनि एकदमै आवश्यक हुन्छ । रंगहरुले गर्दा कपाल छिटै सुख्खा र रुखो हुने समस्या देखिन सक्छ । त्यसैले होली खेल्नु भन्दा एक दिन अगाडि नै कपाल धुनबाट बच्नुहोस् ।

यदि तपाईंले होली खेल्नु अघि नुहाउनुभयो भने कपालको मोइस्चर स्याम्पुले सफा गरेको हुन्छ जसले गर्दा कपालमा छिटै रंगको प्रभाव पर्न सक्छ ।

त्यस्तै होली खेलिसकेपछि पनि कपाललाई ब्रस गर्ने वा कोर्ने गर्नु हुँदैन । यसले कपाल धेरै अल्झिन्छ र रुखो हुने, झर्ने समस्या हुन्छ ।

रंगलाई सिधै सफा पानीले धुनुहोस् र माइल्ड स्याम्पुको प्रयोग गर्नुहोस् । कपालमा चमक बनाइरहनका लागि स्याम्पु गरिसकेपछि कन्डिसनरको पनि प्रयोग गर्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved