प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

नेपालभ्युज

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले जारी गरेको सूचनामा चैत ५ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी हुँदै गर्दा बुधबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो हुने तय भएको उक्त बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको हो।

संसद् सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा मुलुकको नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचन हुँदैछ। यसैगरी, चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ।

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।

यस्तो छ संसद् सचिवालयले जारी गरेको सूचना:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved