एजेन्सी । श्रीमान श्रीमतीको सम्बन्धी एकदमै खास हुने गर्दछ । यसमा दुवैले एकअर्काको जिम्मा लिन्छन् र राम्रोसँग सम्बन्धलाई निभाउने गर्दछन् ।
तर अहिलेको समयमा केही युवावर्गले आफ्नो सम्बन्धलाई राम्रोसँग निभाउन सकिरहेका छैनन् । यस्तो किन हुन्छ भने उनीहरुले केही यस्ता गल्ती गर्छन् जसलाई सुधार्नुको साटो पुनः दोहोर्याउँछन् । जसको नतिजा स्वरुप श्रीमान श्रीमतीको सम्बन्धमा फाटो आउन थाल्छ ।
यी त्यति धेरै ठूला विषय पनि हुँदैनन् तर पनि केही यस्ता कुरा जसले दुईजनाबीचको सम्बन्धमा बाधा आउँछ । त्यसैले यी साना साना कुरालाई ध्यान दिनुभयो र सुधार गर्नुभयो भने तपाईंको सम्बन्ध एकदमै सुन्दर हुनेछ ।
त्यस्तै केही ५ गल्तीका बारेमा हामी बताउनेछौं जसले गर्दा तपाईंको सम्बन्ध बिग्रन सक्छ ।
हावी हुनु (डोमिनेट गर्नु)
प्रायः हामीले देखिरहेका हुन्छौं श्रीमान श्रीमती मध्ये एकजना यस्तो हुन्छ जो आफ्नो पार्टनरमाथि हावी भइरहेको हुन्छ । यही कारणले नै उसले आफू सम्बन्धमा रहन सकेको ठान्छ ।
तर ध्यान राख्नुपर्ने कुरा के छ भने यदि तपाईं कुनै पनि सम्बन्धमा जबरजस्ती बाँधिएको महसुस गर्नुहुन्छ भने त्यो सम्बन्ध लामो समय टिक्दैन ।
किनकी यस्तो अवस्थामा एउटा व्यक्ति नै धेरै हावी हुनु वा आफ्नो मात्र दबदबा सम्बन्धमा राख्न खोज्दा कुनै पनि विषयमा समझदारी बन्दैन जसले गर्दा झगडा उत्पन्न हुन्छ । अन्तिममा सम्बन्धमा दुरी आउन थाल्छ ।
फजुल खर्च गर्नु
त्यतो त फजुल खर्च कसैले पनि गर्नु राम्रो होइन । अनावश्यक खर्च गर्दा बजेट त बढ्छ नै साथसाथै यही कारणले कतिपय अवस्थामा श्रीमान श्रीमतीबीच कलह उत्पन्न पनि हुन सक्छ ।
त्यसैले श्रीमान श्रीमतीमध्ये एक जनाले सधैं बजेटको योजना बनाएर अगाडि बढ्नुपर्छ । आवश्यक चीजका लागि मात्र खर्च गर्नु पर्दछ । यदि कोही एकलाई एकदमै किनमेल गर्न मन पर्छ भने पनि दुवैले सल्लाह गरेर अगाडि बढ्दा झगडा हुँदैन । साथै चाहिने कुरामा मात्र किनमेल गर्ने बानी पर्छ ।
पार्टनरलाई सम्मान नगर्नु
त्यस्ता कैयौं जोडी हुन्छन्, जो कसैका अगाडि पनि आफ्ना पार्टनरलाई जे पनि बोल्दछन् । यसो गर्नु एकदमै नराम्रो बानी हो । पार्टनरलाई कुनै पनि बेला जे पनि बोल्नु भनेको उसको अपमान गर्नु हुन्छ ।
यदि तपाईं यसो गर्नुहुन्छ भने, ध्यान दिनुहोस् उसलाई तपाईंको कुराले कति चित्त दुखेको छ । तपाईं अन्य व्यक्तिका अगाडि आफ्नो पार्टनरलाई गाली गर्ने वा अपमानजनक शब्द प्रयोग गर्नुहुन्छ भने उसलाई कत्ति पनि सम्मान गर्नुहुन्न ।
कुनै पनि सम्बन्धलाई प्रगाढ बनाउनका लागि सम्मान हुन एकदमै आवश्यक हुन्छ ।
पार्टनरप्रति रोक लगाउनु
कुनै पनि प्रकारको रोकतोक त कसैलाई मन पर्दैन । यही कुरा श्रीमान श्रीमतीमा पनि लागू हुन्छ । यदि तपाईं आफ्नो पार्टनरलाई हरेक कुरामा रोक्नुहुन्छ भने त्यसले उसलाई नराम्रो लागिरहेको हुन सक्छ ।
हरेकले आफ्नो जीवन स्वतन्त्रतामा जिउन चाहन्छ । त्यस्तो अवस्थामा यदि तपाईं हरेक सानो सानो विषयमा रोकतोक लगाउनुहुन्छ भने त्यसले नकारात्मक असर पार्दछ ।
आपसी सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुन्छ तर हरेक कुरा तपाईं आफ्नै मात्र लागू गर्न खोज्नु पनि एककिसिमको तानाशाही हो ।
त्यसैले एकअर्काबीच स्वतन्त्रता दिनुहोस् । हरेक कुरामा रोक्नु भन्दा सही र गलत छुट्याएर अगाडि बढ्नु पर्दछ ।
विश्वास नगर्नु
जुन सम्बन्धमा विश्वास हुँदैन त्यो सम्बन्ध लामो समय टिक्दैन । त्यसको नराम्रो अन्त्य एक न एक दिन भएरै छाड्छ । त्यसैले त्यस्तो गल्ती भुलेर पनि नगर्नुहोस् जसले तपाईंको पार्टनरप्रतिको विश्वास नै नरहोस् ।
यति कुरा सधैं याद राख्नुपर्छ कुनै पनि प्रेम वा मायाको सम्बन्ध विश्वासले नै टिकेको हुन्छ ।
Facebook Comment
Comment