कपालमा राति एलोभेरा र नरिवलको तेल लगाउँदा हुन्छन् ५ फाइदा

नेपालभ्युज

कपालमा राति एलोभेरा र नरिवलको तेल लगाउँदा हुन्छन् ५ फाइदा

एजेन्सी । एलोभेरा वा घ्यूकुमारी र नरिवलको तेल दुवै कपाललाई स्वस्थ राख्नका लागि एकदमै फाइदाजनक छन् । दुवैमा कपालका लागि चाहिने पोषक तत्वहरु पाइन्छ ।

साथै यिनमा कैयौं औषधीय गुण पनि पाइन्छ । जसले कपालको धेरै समस्याबाट छुट्कारा पाउन सकिन्छ । तर तपाईंले यी दुवैलाई एकैसाथ मिसाएर प्रयोग गर्नुभएको छैन होला ।

यदी यसरी दुवैलाई मिसाएर प्रयोग गरियो भने अझै धेरै लाभ प्राप्त गर्न सकिन्छ । यहाँ जानौं यी दुवैलाई मिसाएर लगाउने र रातभर राख्नाले पाउने लाभबारे ।

  • कपालको लम्बाई बढ्न मद्दत पुग्छ
  • कपाल चम्किलो हुन्छ र दुई मुख भएका कपालको समस्या हट्छ ।
  • चायाँ सफा गर्ने काम गर्छ ।
  • समयभन्दा पहिले नै कपाल फुल्ने समस्याबाट बचिन्छ र कपाल कालो हुन्छ ।
  • कपाल झर्न कम हुन्छ र बलियो हुन्छ ।

एलोभेरा र नरिवल तेल लगाउने विधि

यसलाई प्रयोग गर्न एउटा कचौरामा कपालको लम्बाई अनुसार आवश्यक नरिवलको तेललाई मनतातो बनाउनुहोस् र यसमा १ देखि २ चम्चा एलोभेरा जेल राखेर फिट्नुहोस् । उक्त मिश्रणलाई कपालको जरादेखि पूरै लम्बाईमा लगाउनुहोस् ।

केहीबेर टाउको मालिस गर्नुहोस् र छोड्नुहोस् । अब बिहान हल्का स्याम्पुले टाउको नुहाउनुहोस् । यसलाई हप्तामा दुईपटक प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved