फरक फरक छालाका लागि चन्दनको प्रयोग

नेपालभ्युज

फरक फरक छालाका लागि चन्दनको प्रयोग

एजेन्सी । छालामा चमक ल्याउनका लागि चन्दनको प्रयोग हामीले एकपटक त पक्कै गरेका छौं । फेसवास क्रिमदेखि लिएर साबुन, लगायत छालासम्बन्धी क्रिममा चन्दनको प्रयोग अत्यधिक गरिन्छ ।

प्राचीनकालदेखि नै आयुर्वेदमा चन्दनको प्रयोग छालाको सौन्दर्य देखि विभिन्न विमारीको उपचारका लागि पनि गरिँदै आएको छ । छालासँग जोडिएका कैयौं समस्याको समाधानका लागि चन्दन एकदमै फाइदाजनक छ ।

यसमा एन्टीअक्सीडेन्ट, एन्टी इन्फ्लामेटरी, एन्टी एजिंग लगायतका धेरै गुण पाइन्छन् । चन्दनलाई छालामा कसरी प्रयोग गर्ने भनेर हामी बताउनेछौं ।

सुख्खा छालाका लागि चन्दनको प्रयोग

मुलायम छाला पाउनका लागि हरेक मौसममा तपाईं चन्दनको प्रयोग गर्न सक्नुहुन्छ । चन्दनमा भरपूर मात्रामा मिनरल्स पाइन्छन् । जसले छालाको सुख्खापन भगाउँछ । यसका लागि चन्दन फेस प्याक बनाउने तरिका :

  • एउटा कचौरामा चन्दन पाउडर र दही मिसाउनुहोस् ।
  • यदि तपाईंलाई दहीसँग एलर्जी छ भने दुधको प्रयोग गर्न सक्नुहुन्छ ।
  • यस पेस्टलाई अनुहारमा लगाएर ३ देखि ४ मिनेट हातले हल्का मसाज गर्ने ।
  • मसाज गरिसकेपछि उक्त पेस्टलाई अनुहारमा सुक्न दिनुहोस् ।
  • सुकिसकेपछि अनुहारलाई हल्का मनतातो पानीले सफा गर्ने र मोइस्चराइजर लगाउने ।

चिल्लो छालाको लागि चन्दन

चिल्लो छाला भएका व्यक्ति सधैं आफ्नो छालाको समस्याले चिन्तित हुन्छन् । खासगरी बदलिँदो मौसममा यस्तो छालामा विभिन्न खाले समस्या देखिन्छन् । चिल्लो छालाको लागि चन्दनको लेप बनाउने तरिका :

  • एउटा कचौरामा दुई चम्चा चन्दन पाउडर राख्नुहोस् ।
  • उक्त चन्दनमा दुई चम्चा गुलाब जल राखेर राम्रोसँग घोल्नुहोस ।
  • तपाईंको फेसप्याक तयार भयो अब यसलाई लगाउने र केहीबेर सुक्न दिने ।
  • फेसप्याक सुकिसकेपछि सफा पानीले धुने र फेरि हल्का गुलाब जलले मसाज गर्नुहोस् ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved