विश्वकप लिग-२ मा नेपालको लगातार पाँचौ जित, पीएनजीविरुद्ध भूर्तेलको अर्धशतक

नेपालभ्युज

विश्वकप लिग-२ मा नेपालको लगातार पाँचौ जित, पीएनजीविरुद्ध भूर्तेलको अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले लगातार पाँचौं जित हात पारेको छ । सोमबार नेपालले पपुवा न्यूगिनी पीएनजीलाई ४ विकेटले हराएको छ ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले २०४ रनको लक्ष्य २८ बल बाँकी रहँदै ६ विकेट क्षतिमा पार गरेको हो । नेपालका लागि कुशल भूर्तेलले ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ रनमा आउट भए ।

कुशलले ५९ बलमा ५ चौका प्रहार गरेका थिए । आरिफ शेखले ३३, दीपेन्द्र सिंह ऐरीले २२ र रोहित कुमार पौडेलले २० रनको योगदान गरे । कुशल मल्ल १२ रनमा अविजित रहे ।

भूर्तेल र आसिफले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । पीएनजीका आसद भालाले ३ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पीएनजीले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा २०३ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले ३, कुशल मल्लले २ तथा करन केसी, सोमपाल कामी र प्रतिश जीसीले १–१ विकेट लिए।

प्रतिशले आज डेब्यु गरेका हुन् । यो जितसँगै नेपालको २८ अंक भएको छ । अब नेपालले सात खेल खेल्न बाँकी छ । युएईमा तीन खेल खेल्नेछ । आगामी बिहीबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved