पीएनजीविरुद्ध कुशलको अर्धशतक

नेपालभ्युज

पीएनजीविरुद्ध कुशलको अर्धशतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेलमा कुशल भूर्तेलले अर्धशतक पूरा गरेका छन्।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन्।

५९ बलमा ५ चौका प्रहार गर्दै कुशलले आफ्नो अर्धशतक पूरा गरे। यसअघि आसिफ शेख ४४ र ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए।

पीएनजीले दिएको २०४ रनको लक्ष्य नेपालले पछ्याइरहेको छ । नेपालले १९ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १०३ रन बनाएको छ ।

नेपाललाई जितका लागि ३१ ओभरमा १०१ रन बनाउनुपर्नेछ। कुशल ५० रनमा र कप्तान रोहितकुमार पौडेल २ रनमा अविजित छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved