एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने

नेपालभ्युज

एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने

काठमाडौं। सत्ता साझेदार दल नेकपा एमाले अप्रत्याशित सरकारबाट बाहिरिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमै अल्पमतमा परेको छ।

फागुन २५ को राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भनेको एमालेले सोमबार सचिवालय बैठकमार्फत आकस्मिक निर्णय लिएको हो। एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्।

पार्टी सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने तयारी भइरहेको एमाले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved