यो राष्ट्रपतिका लागि तानातान गर्ने समय होइन : जनार्दन शर्मा

नेपालभ्युज

यो राष्ट्रपतिका लागि तानातान गर्ने समय होइन : जनार्दन शर्मा
फाइल तस्वीर

काठमाडौं। माओवादीका सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभई सहकार्य र सहमति हुनुपर्ने बताएका छन्।

शुक्रबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रपतिका लागि नेकपा एमाले, कांग्रेसलगायत अन्य दलहरूले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताए।

उनले राजनीतिक खिचातानी, लडाइँ लडेर नभई अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताए।

सांसद शर्माले आज साँझ बस्ने माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दलहरूको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved