दुर्गा प्रसाईंको कालोमोसो र ज्ञानेन्द्र शाहको मौन सहमति

राप्रपा नामको दक्षिणपन्थी दलको भोट अलिकति के बढेको थियो– राजाको खोसाखोस सुरु भइहाल्यो । दुर्गा प्रसाईंले ‘राजा खोसे’ भन्दै राप्रपामा कोकोहोलो सुरु भएको छ । राजेन्द्र लिङदेनका ओठमुख सुक्न थालेका छन् । उनी दुर्गा प्रसाईंका कुरा नपत्याउन राप्रपा नेता कायकर्तालाई सार्वजनिक आग्रह गर्नुपर्ने स्थितिमा पुगेका छन्।

दुर्गा प्रसाईंको कालोमोसो र ज्ञानेन्द्र शाहको मौन सहमति

काठमाडौं। भनिन्छ– सार्वजनिक जीवनमा समय र परिस्थितिले थरिथरिका पात्रहरू जन्माउँछ । ती मुख्यतः दुई प्रकारका हुन्छन्, एक– समयको ‘एहसास’ ले बनेका र दुई–समयको ‘उपहास’ गर्न आएका ।

‘एहसास’ को अर्थ समयको आवश्यकता हो, तर सकारात्मक, युगिन आवश्यकता र कार्यभारलाई पूरा गर्ने क्षमतासहितको। ‘उपहास’ को अर्थ समयको उपज हो– अनावश्यक । इतिहासलाई गिजोल्ने र झनै जटिल बनाउने र अन्ततः आफैँ हाँसोको पात्र बन्ने प्रकृतिको ।

यतिखेर, देशको आमसञ्चारमा एक पात्र बडो जोडतोडले छाएका छन्– दुर्गा प्रसाईं । उनी देशको सार्वजनिक जीवनमा उदाएका एक नयाँ पात्र जस्तो बनेको छन् । तर, अरु कतिपयजस्तो रातारात भने हैन ।

झापा बिर्तामोडका स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईं २०७४ को आम चुनावअघि देशका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घरमा बोलाएर एउटै टेबलमा चरेसका थालमा दुर्लभ मानिने जुम्ली मार्सी चामलको भात खुवाउन सक्ने ‘ठूलो हैसियत’ मा देखिएका थिए।

त्यसपछि ‘मार्सी भात’ उनको ब्रान्ड नै बन्यो । भनिन्छ– काठमाडौंका अत्याधुनिक र ठूला सपिङ मलमा मार्सी चामलको माग र मूल्य ह्वात्तै बढ्यो । ओली र दाहालको शक्ति सन्तुलनमा उनी एक नयाँ ‘पावर ब्रोकार’ जस्तो भएर देखापरे । हृदयघातले अल्यायुमै छोरा प्रकाश दाहालको निधन भएको दु:खद् रात प्रचण्ड तिनै दुर्गा प्रसाईंको बिर्तामोड घरमा बास बसेका थिए।

ओली त प्रसाईंका ‘हजुरबा’ भइहाले । झापाली हुनुको मात्रै हैन, तेह्रथुम आठराई क्षेत्रबाट बसाइँ सरेर झापा आएका नाताले समेत उनीहरूको सम्बन्ध पुस्तौनी र घनिष्ठ हुने नै भयो । झापाबाट ६ वटा चुनाव जितेर के भयो, प्रधानमन्त्री हुँदा हेलिकप्टरमा जन्मदिनको नेपालको नक्सा आकारको केक बोकेर काट्न दलबलसहित ओली आठराई नै पुगेका थिए।

प्रसाईंको चर्चा सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य सवालसम्बन्धी आन्दोलनका क्रममा समेत चुलिएको थियो । त्यो बेला उनले ‘मेडिकल माफिया’ को संज्ञा पाएका थिए । यो देशमा को उद्यमी, व्यवसायी हो र को माफिया छुुट्याउन त्यसै पनि सजिलो छैन।

देशका एक मात्र फोर्ब्स अर्बपति विनोद चौधरीका मान्छे मध्यरातमा अर्थमन्त्रालयभित्र छिर्न र बजेटमा करका दर फेरफेर गर्नसक्ने हैसियत राख्दछन् । उनी तीनपटक विधायक भइसके । उनी देशको सबैभन्दा ठूलो, पुरानो दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । कुनै बेला एमालेका विधायक थिए । उनका मान्छे मध्यरातमा अर्थ मन्त्रालय छिरेको भिडियो फुटेज सजिलै मुसाले खायो । भिडियो डिलिट भइसकेको हुनाले छानबिन समितिले प्रमाण भेटेन ।

माओवादी र एमालेको डबल कमरेड र गणतन्त्रवादी भइसकेका दुर्गा प्रसाईंको उद्घोषमा मेची किनारबाट परेवा उठाउँदै ज्ञानेन्द्र शाहले मौन सहमति जनाएका छन् । प्रसाईंको पम्पले ज्ञानेन्द्र शाहमा बढो गज्जबको आत्मविश्वास फर्किएको छ । देशको परम्परागत प्रजातन्त्र दिवस फाल्गुन ७ गतेको विज्ञप्तिमा शाहले त्यो आत्मविश्वास यसरी व्यक्ति गरेका छन्–‘अब म टुलुटुलु हेरेर बस्न सक्दिनँ।’

प्रसाईंको मात्रै कुरा किन–चौधरी सम्मानित उद्यमी वा विधायक हुन वा माफिया पनि, यसको उत्तर कसैले दिन सक्ने छैन । प्रसाईंको चर्चा तेस्रोपटक झन् जोडतोडले भयो–सुनको लौरोसँग जोडिएर । यूएईका राजकुमार झापा पुगेर प्रसाईंलाई सुनको लौरो उपहार दिँदा देशको गृह वा परराष्ट्र मन्त्रालयले सुइँकोसमेत पाएन । पछि फेरि मिडियाले नै भने– राजकुमार पनि नक्कली थिए, सुनको लौरो पनि नक्कली थियो । सत्य के थियो, उनै जानून्।

प्रसाईंले यसबीच माओवादी छोडेर एमाले प्रवेश गर्न र उनको दाबीमा आफूसँगै ७० हजार जना एमालेमा प्रवेश गराउन सफलता पाइसकेका छन् । यो अपार सफलताप्रति उनले पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारलाई नै मञ्चमा राखेर एक घोषणा गरेका छन्– बैंक कर्मचारीलाई कालोमोसो दल्नु।

र, माओवादी र एमालेको डबल कमरेड र गणतन्त्रवादी भइसकेका दुर्गा प्रसाईंको उद्घोषमा मेची किनारबाट परेवा उठाउँदै ज्ञानेन्द्र शाहले मौन सहमति जनाएका छन् । प्रसाईंको पम्पले ज्ञानेन्द्र शाहमा बढो गज्जबको आत्मविश्वास फर्किएको छ । देशको परम्परागत प्रजातन्त्र दिवस फाल्गुन ७ गतेको विज्ञप्तिमा शाहले त्यो आत्मविश्वास यसरी व्यक्ति गरेका छन्–‘अब म टुलुटुलु हेरेर बस्न सक्दिनँ।’

सबैलाई थाहा छ–शाहका विज्ञप्ति एक दिने खपतका विषय हुन् । जुन दिन उनले कुनै विषयमा प्रेस विज्ञप्ति वा शुभकामना सन्देश निकाल्छन्, मिडियाले सजिलै स्थान दिन्छन् । पूर्व राज्यप्रमुखको यतिको सम्मान र क्रेज किमार्थ अन्यथा हैन । तर, यो ‘टुलुटुलु हेरेर बस्न सक्दिनँ’ चाहिँ शाहको पुरानै थेगो हो, त्यो पनि अशुभ थेगो ।

विभत्स नारायण हिटी दरबार हत्याकाण्डपछि सत्तामा आउँदा पनि उनले यही थेगो फिल्मी डाइलगको शैलीमा बोलेका थिए–‘म आफ्ना दाजुझैं टुलुटुलु हेरिबस्ने राजा हैन, पिताको पथमा हिँड्न तयार छु ।’ यही हठले उनको श्रीपेच गुमेको थियो । त्यसबाट प्रमाणित हुन्छ कि जब ज्ञानेन्द्र शाह ‘टुलुटुलु हेरेर बस्न सक्दिन म’ भन्छन्, त्यसबाट सबैभन्दा धेरै हानी उनैलाई हुन्छ।

अब उनलाई हानी हुनुपर्ने बाँकी नै के छ र राजनीतिमा ? त्यही एउटा सार्वजनिक सम्मानको कुरा हो । त्यसको चिन्ता स्वयं उनलाई भएन भने दुर्गा प्रसाईंहरूले चिन्ता गर्दिने हैनन् ।

लगभग सिद्धिन लागेको राप्रपा नामको दक्षिणपन्थी दलको भोट अलिकति के बढेको थियो– राजाको खोसाखोस सुरु भइहाल्यो । दुर्गा प्रसाईंले ‘राजा खोसे’ भन्दै राप्रपामा कोकोहोलो सुरु भएको छ । राजेन्द्र लिङदेनका ओठमुख सुक्न थालेका छन् । उनी दुर्गा प्रसाईंका कुरा नपत्याउन राप्रपा नेता कायकर्तालाई सार्वजनिक आग्रह गर्नुपर्ने स्थितिमा पुगेका छन्।

कमल थापालाई बारम्बार गणतन्त्रवादी सरकारमा मन्त्री खाएर राप्रपा सिध्याएको आरोप लगाएर उदाएका लिङदेनको पहिलो काम पनि त्यही भयो– गणतन्त्रवादी सरकारको उपप्रधानमन्त्री । त्यसपछि ज्ञानेन्द्र शाहले सायद बुझे– उनलाई त कमल थापाले जस्तै राजेन्द्र लिङदेनहरूले पनि सत्तामा जाने भर्‍याङ मात्रै बनाउने हुन् । कमल थापाले सूर्य चिन्हमा चुनाव लडेजस्तो कुनै दिन राजेन्द्र लिङग्देन गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लडे भने कुनै अनौठो हुनेछैन।

राजतन्त्रको अन्त्यपछि पूर्वराजपरिवारका सदस्यलाई राजनीति गर्ने अधिकार नहुने हैन । देशको चिन्ता गर्ने अधिकार नहुने हैन । जनताले पत्याएर फेरि शासनमा आउने अधिकार नहुने हैन । तर, त्यो ‘राजा’ भएर हैन, ‘राजनीतिकर्मी’ भएर सम्भव छ । संसारमा धेरै देशमा त्यस्तो भएको छ– भारतको सिन्धिया परिवार अहिले पनि कुनै न कुनै रूपमा राजनीतिमा छ ।

ज्ञानेन्द्रको मनमा कता कति आशा होला– कतै दुर्गा प्रसाईंले नै उनको उद्धार गर्ने त हैनन् ? यदि, हो भने त्यो शाहका लागि ‘डुब्न लागेको मान्छेलाई त्यान्द्रोको साहारा’ भने जस्तै हो ।

खासमा नेपाली समाज निकै उदार, भावुक र क्षमाशील समाज हो । यस्तो समाजमा शाहले कहिले कमल थापा, कहिले राजेन्द्र लिङ्देनजस्ताको भर पर्नु वा दुर्गा प्रसाईंहरूको साथ खोज्नुभन्दा बरु आफैँ दल खोलेर राजनीतिको मैदानमा आउनु वेश हुन्छ ।

राजतन्त्रको अन्त्यपछि पूर्वराजपरिवारका सदस्यलाई राजनीति गर्ने अधिकार नहुने हैन । देशको चिन्ता गर्ने अधिकार नहुने हैन । जनताले पत्याएर फेरि शासनमा आउने अधिकार नहुने हैन । तर, त्यो ‘राजा’ भएर हैन, ‘राजनीतिकर्मी’ भएर सम्भव छ । संसारमा धेरै देशमा त्यस्तो भएको छ– भारतको सिन्धिया परिवार अहिले पनि कुनै न कुनै रूपमा राजनीतिमा छ ।

खासमा ज्ञानेन्द्र शाहले रोज्नुपर्ने बाटो त्यो हो । कमल थापा, राजेन्द्र लिङदेन र दुर्गा प्रसाईंहरूको पछाडि लागेर ज्ञानेन्द्र शाहको हातमा केही लाग्ने हैन, बचेखुचेको सम्मान पनि गुम्ने हो ।

दुर्गा प्रसाईं शाहलाई मञ्चमा राखेर अरुलाई कालोमोसो दल्ने कुरा गर्दछन्, यथार्थमा मञ्चमा चुपचाप बसेर मौन सहमति दिने शाहको अनुहारमा त्यो कालोमोसो दलिएको हुन्छ ।

प्रसाईंले देशको आर्थिक, मौद्रिक तथा वित्तीय संकटको जुन पाटोलाई उठाउन खोजेका छन्, त्यो भने उचित हो । देश यस्तो स्थितिमा पुगिसकेको छ कि कुन बेला श्रीलंका जस्तो टाट पल्टिने हो कुनै ठेगान छैन। तर, त्यसको मूल्यमा आफ्नो श्रीपेच दुर्गा प्रसाईंहरूले फर्काइ दिन्छन् भन्ने ज्ञानेन्द्र शाहले सोचेका छन् भने सपनामा छन् भन्नुपर्ने हुन्छ ।

राजतन्त्र भूत भइसक्यो, त्यो अब कहिल्यै फर्किंदैन । त्यही भूतको छायाँले तर्साएर एकाधले चुनाव जित्न सक्दछन्, दुईचार सिटे पार्टी बन्न सक्दछ । कमल थापा र राजेन्द्र लिङदेनहरूले उपप्रधानमन्त्री खाने छन् । त्यति हो, त्यतिका लागि हो यो सबै नाटक र हाहाहोहो ।

यस्तो उपक्रमले कमल थापा, राजेन्द्र लिङदेन, रवीन्द्र मिश्र र दुर्गा प्रसाईंहरूलाई कुनै घाटा हुने छैन । यी त थोरबहुत राजनीतिको व्यापार गर्न आएका हुन् त्यहाँ । अलिअलि नाफा नै देखेर त्यस्तो व्यापार गर्दैछन् ।

खास घाटा ज्ञानेन्द्र शाहलाई नै हुने हो । दुर्गा प्रसाईंको कालोमोसो भौतिकरूपमा कसको अनुहारमा पर्ला वा नपर्ला, तर नैतिकरूपमा त्यो अरुको अनुहारमा हैन, स्वयं शाहको परिवार र इतिहासको विरासतमा दलिने हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved