चक्रपथ विस्तारमा प्राधिकरणका कारण समस्या छैन : कुलमान घिसिङ

नेपालभ्युज

चक्रपथ विस्तारमा प्राधिकरणका कारण समस्या छैन : कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कारण  चक्रपथ बिस्तारका लागि कुनैपनि ठाउँमा समस्या नरहेको स्पष्ट पारेका छन्।

दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलंकी–वसुन्धारा सडक खण्डकको अवलोकनका लागि बिहीबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवं निरीक्षणका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन्।

उनले कलंकी वसुन्धारा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोलहरू १५ दिन भित्रमा हटाइसक्ने बताए।

घिसिङले भने, ‘अब यो रिङरोड विस्तारको कलंकी चाबहिलसम्मको विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ। एक, दुई स्थानमा रोडको लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ। विद्युत प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या छैन।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved