बालुवाटारमा प्रचण्ड–ओलीबीच ‘वान अन वान’ भेटवार्ता

नेपालभ्युज

बालुवाटारमा प्रचण्ड–ओलीबीच ‘वान अन वान’ भेटवार्ता

काठमाडौं। पछिल्लो राजनीतिक घट्नाक्रम र नयाँ राष्ट्रपति निर्वाचन बारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ।

स्रोतका अनुसार आज दुई नेताबीच ‘वान अन वान’ कुराकानी चल्नेछ । दुवै नेता गम्भीर मुडमा छलफलमा जुटेको बालुवाटार स्रोतको भनाइ छ । भेटघाटका लागि ओली वालुवाटार पुगेको र प्रचण्डसँग छलफलमा बसिसकेको प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।

दलहरुबीच राष्ट्रपतिको विषयमा आन्तरिक छलफल भइरहेको बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच निर्णायक छलफल सुरु भएको हो । यद्यपि, प्रचण्ड प्रधानमन्त्री बनेपछि ओलीसँगको यो २४ औं भेट हो । यसअघि, पटक–पटक बालुवाटार र बालकोटमा भेट भइसकेको छ ।

अध्यक्ष ओलीले पूर्व सहमतिअनुसार एमालेले अध्यक्ष पाउनुपर्ने भन्दै आएका छन् भने प्रधानमन्त्री प्रचण्ड सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved