राष्ट्रपति निर्वाचनमा ८ सय ८४ मतदाता

यी तीन जनाले दिने छैनन् मत

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा आठ सय ८१ जनाले  मतदान गर्न पाउनेगरी मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्न पाउनुपर्ने हो ।

तर, यस पटकको राष्ट्रपति निर्वाचनमा तीनजना मतदाता कम हुनुसक्ने आयोगको भनाइ छ । पदमुक्त, निलम्बन र फरार सांसदले मत नदिन सक्ने आयोगको संकेत हो । यद्यपि, आयोगले यसबारे केही भनेको छैन।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन् ।

अर्का एक जना मतदाताको विषयमा आयोगले निर्णय गर्न बाँकी छ । जसको नाम आयोगले खुलाएको छैन । तर, उनी महोत्तरीबाट निर्वाचित सांसद लक्ष्मी कोइरी हुन सक्छन् । कोइरीको मतदान अधिकार के हुने भन्ने बारेमा आयोगले पछि निर्णय सार्वजनिक गर्नेछ ।

राष्ट्रपति निर्वाचन तालिकाअनुसार निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ । त्यसपछि दाबी, विरोध र उजुरीका काम हुनेछन् । उजुरीउपर छानबिन फागुन ११ र १२ गते हुनेछ । अन्तिम मतदाता नामावली फागुन १२ गते नै प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

राष्ट्रपतिका लागि मनोनयन दर्ता फागुन १३ गते हुनेछ । निर्वाचन फागुन २५ गते बानेश्वरस्थित संघीय संसद् भवनमा हुनेछ । आयोगले निर्वाचन अधिकृतको कार्यालयसमेत त्यहाँ स्थापना गरिसकेको छ । निर्वाचनका लागि  न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याल निर्वाचन अधिकृत तोकिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved