राष्ट्रपति निर्वाचनबारे जसपामा आन्तरिक छलफल सुरु

नेपालभ्युज

राष्ट्रपति निर्वाचनबारे जसपामा आन्तरिक छलफल सुरु

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको सो पार्टीले आइतबार केन्द्रीय समितिको बैठक बोलाई सो विषयमा छलफल सुरु गरेको हो।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल गरिएको पार्टीका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिए।

बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको थियो। विधान अधिवेशन र त्यसको समयतालिकासहितको विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता अधिकारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved