नेपालले पायो जितको लागि २७५ रनको लक्ष्य, लिस्कको पहिलो एकदिवसीय शतक

नेपालभ्युज

नेपालले पायो जितको लागि २७५ रनको लक्ष्य, लिस्कको पहिलो एकदिवसीय शतक

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा स्कटल्यान्डले नेपाललाई जितको लागि २७५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले पूरै ओभरमा ९ विकेटको क्षतिमा २७४ रन बनाएको हो।

स्कटल्यान्डका लागि माइकल लिस्कले अविजित १०७ र ज्याक जार्विसले २६ रन जोडे।

७९ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै माइकलले शतक पूरा गरे। माइकलको एकदिवसीयमा यो पहिलो अर्धशतक हो ।

नेपालको लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २ तथा कुशल भूर्तेल,सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

अन्तिम बलमा सोमपालले क्रिस सोललाई आउट गर्न सफल भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved