यी हुन् ल्होत्से मलबाट मोबाइल लुट्ने लुटेराहरू (फोटोहरू)

घटनालगतै टाढाबाट खिचिएको भिडिओ भाइरल भए पनि चोरहरूको अनुहार प्रस्ट देखिएको थिएन। अहिले भने लुटपाट भएकै पसलकै सीसी क्यामरामा कैद भएको भिडिओका केही फोटोहरू सञ्जालमा भाइरल छन्।

नेपालभ्युज

यी हुन् ल्होत्से मलबाट मोबाइल लुट्ने लुटेराहरू (फोटोहरू)

काठमाडौं। सोमबार बेलुकी यातायात मजदुर सङ्गठनको आन्दोलन थियो। आन्दोलनका क्रममा मजदुरको एक झुण्ड यति अराजक बने, प्रहरीको भ्यान जलाए। सरकारी सम्पत्ति फुटाएर मात्र पुगेन निजी सम्पत्ति समेत लुटपाट गरे।

ल्होत्से मलको सीसा फुटाएर भित्र छिरे। दुईवटा मोबाइल पसलबाट करोडौँको मोबाइल लुटे। ल्होत्से मलको सीसा फुटाएर भित्र छिरेको र मोबाइल हात र पोल्टामा लिएर बाहिर भागेको भिडिओ सञ्जालभरि भाइरल भए । मल बाहिर रहेका मानिसहरूले भिडिओ खिचिरहेका थिए।

घटनालगतै टाढाबाट खिचिएको भिडिओ भाइरल भए पनि चोरहरूको अनुहार प्रस्ट देखिएको थिएन। अहिले भने लुटपाट भएकै पसलकै सीसी क्यामरामा कैद भएको भिडिओका केही फोटोहरू सञ्जालमा भाइरल छन्।

सञ्जाल प्रयोगकर्ताहरूले लुटेराहरूको पहिचान गरेर कारबाही गर्न माग गरेका छन्। मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले दुई ओटा पसलमा ८ करोड बराबरको क्षति भएको दाबी गरेका छन्।

हेर्नुहोस् सीसी क्यामरामा कैद भएका मोबाइल लुटेराहरूको फोटोहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved