काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा स्कटल्याण्डले नामिबियामाथि सानदार जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो।
१५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा विना कुनै क्षति पुरा गर्यो। स्कटल्याण्डको लागि जर्ज मुन्सेले सतक प्रहार गरे । उनी १०३ रनमा अविजित रहे । काइल काट्रेजरले ४६ रनको योगदान गरे।
६१ बल मात्रै खेलेका मुन्सेले १२ चौका र ७ छक्का प्रहार गरेका थिए । काट्रेज र मुन्सेले १५७ रनको साझेदारी गरे।
पहिले ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो । उसका लागि लो–हान्द्रे लौरेन्सले ५४ र बर्नार्ड स्क्लोल्जले ३० रन जोडे।
स्कटल्याण्डका माइकल लिस्कले ४ तथा सफ्यान शरिफ र मार्क वाटले ३–३ विकेट लिए।
Facebook Comment
Comment