सुदूरपश्चिममा प्रहरी प्रमुख फेरिएपछि सक्रियता बढ्यो, एक महिनामा ११६ जना प्रतिवादी पक्राउ

नेपालभ्युज

सुदूरपश्चिममा प्रहरी प्रमुख फेरिएपछि सक्रियता बढ्यो, एक महिनामा ११६ जना प्रतिवादी पक्राउ

धनगढी। सुदूरपश्चिम प्रदेशमा एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको एक महिने कार्य प्रगति विवरणमा सवारी साधन, लागुऔषध लगायतका मुद्दामा ११६ जना व्यक्ति पक्राउ परेको जानकारी दिइएको हो ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिंहले आफू आएको पुस १० गतेदेखि हालसम्म कैलालीबाट २३ केजी २५ ग्राम चरेश, १० ग्राम गाँजा, १२८ नाइट्रोभेट, ८ स्यास्मो, ६९ स्पास, १ कोरेक्स, १४५ ग्राम ९७७ मिलिग्राम हिरोइनसहित ८२ जना मानिस पक्राउ परेको जानकारी दिएका छन् ।

यस्तै, कञ्चनपुरबाट १७ किलो ४६१ ग्राम चरेश, ८८ ग्राम ७ सय ५५ मिलिग्राम हिरोइन, ९४ फेनार्गन, ९३ रेक्सोजेसिक, ७९ डाइजापाम र १० नाइट्राभेटसहित ३१ जना पक्राउ परेको प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए । यस्तै, ५ सय १७ ग्राम चरेशसहित ३ जना पक्राउ परेका छन् ।

यस्तै, लागुऔषधमा चरेश ४१ किलो ३ दशमलव ६९ ग्राम, गाँजा १० ग्राम, नाइट्राभेट १३८ ट्याब्लेट, स्यास्मा ८ ट्याब्लेट, स्पास ६९ ट्याब्लेट, कोरेक्स १ ट्याब्लेट, हेरोइन् २३५ ग्राम ४५ मिलिग्राम, फेनार्गन ९४ ट्याब्लेट, रेक्सोजेसिक ९३ ट्याव्लेट, ७९ एम्पुल डाईजापाम बरामद गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त मिलाउन सिमानाका क्षेत्र तथा प्रदेशका जिल्लामा सक्रियरूपमा प्रहरी परिचालन गरिएको छ ।

प्रदेशका सिमानाकाबाट चोरी लागुऔषधका घटना बढी हुने गरेको बताउँदै अभियान नै सञ्चालन गरिरहेको र चोरी, तस्करी, लागुऔषध, अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागी समन्वय गरिरहेको डीआईजी सिंहले बताए । यस्तै, हातहतियारसहित वन्यजन्तु चोरी निकासी र अवैध काठसहित अछाम, बाजुरा र कैलालीबाट केही व्यक्ति पक्राउ परेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved