एजेन्सी । के तपाई आफ्नो दिमागको क्षमता बढाउन चाहनुहुन्छ ? एकाग्रता तथा दिमागलाई तेज बनाउनका लागि भिटामिन डी एकदमै फाइदाजनक हुन्छ ।
तपाईं कुनै पनि उमेरमा दिमागलाई तेज बनाउन सक्नुहुन्छ । जसले गर्दा जीवनमा सही निर्णय लिन सफल भइन्छ । भिटामिन डी मानसिक स्वास्थ्यका लागि कति फाइदाजनक छ र यसलाई कसरी पाउने भन्ने बारे हामी बताउनेछौं ।
भिटामिन डीको स्रोत
भिटामिन डी को सप्लीमेन्ट पनि बजारमा पाइन्छ तथा प्राकृतिक स्रोतबाट अझ धेरै भिटामिन प्राप्त गर्न सकिन्छ । भिटामिन डी को सबैभन्दा राम्रो स्रोत त घाम नै हो । जाडोको घाममा वा बिहानी घाममा केहीबेर बस्नाले भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
साथै खानपिनबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ जस्तै : अण्डा, सोया दुध, चीज, सुन्तलाको रस, पनीर, दुध, दही, माछा लगायबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ ।
मानसिक स्वास्थ्यका लागि भिटामिन डीको फाइदा
- भिटामिन डी को सेवन गर्दा ध्यान तथा एकाग्रताको क्षमता बढ्छ ।
- भिटामिन डी को सेवन गर्नाले दिमागका कोषिकाहरुमा प्रतिरोधी क्षमता वृद्धि हुन्छ ।
- स्मरण शक्ति बढाउनका लागि पनि भिटामिन डीको आवश्यकता पर्दछ ।
- तनाव काम गर्नका लागि भिटामिन डी शरीरमा प्रयाप्त मात्रामा हुन जरुरी छ ।
शरीरमा भिटामिन डी को कमी हुँदा नकारात्मक सोंचको वृद्धि हुने हुनाले खानपानमा भिटामिन डीले भरिपूर्ण चीज समावेश गर्नुपर्दछ । साथै दिनमा केही समय घाममा बिताउन आवश्यक हुन्छ । जसले गर्दा शरीरमा छिटो भिटामिन डीको कमी पूरा हुन्छ ।
७ हजार भन्दा बढीमा गरिएको एक सोधमा भिटामिन डीको कमीका कारण तनाव भएका व्यक्तिको संख्या उल्लेख्य देखिएको थियो । त्यसैले मानसिक स्वास्थ्य सुधार्नका लागि सबैभन्दा जरुरी भिटामिन डी देखिएको पनि अध्ययनले देखाएको छ ।
Facebook Comment
Comment