सेवा नपाउँदा बिरामी र आफन्तले गरे वीर अस्पताल अगाडि प्रदर्शन

नेपालभ्युज

सेवा नपाउँदा बिरामी र आफन्तले गरे वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं। चिकित्सकहरूको आन्दोलनका कारण बिरामीहरू मर्कामा परेको भन्दै बिरामीका आफन्तहरूले प्रदर्शन गरेका छन् ।

डाक्टरहरूको आन्दोलनका कारण वीरलगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् ।

अहिले वीर अस्पताल बाहिर आन्दोलनको विरोधमा नाराबाजी भइरहेको छ । टाढा टाढाबाट उपचारका लागि बिरामीहरूले सेवा नपाउँदा आक्रोशित बनेका हुन् ।

राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि प्रहरीले हातपात गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो ।

स्वास्थ्य मन्त्रालय घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरिसकेको छ । गंगालाल अस्पतालले आन्दोलनको अवज्ञा गर्दै बिरामीहरूलाई निरन्तर सेवा दिइरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved