काठमाडौं। राष्ट्रपतिको सवारीका क्रममा बाटोमा हिँडेको भन्दै प्रहरीले डाक्टर कुटेको विरोधमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाको आकस्मिक बाहेकको सेवा बन्द छ ।
चिकित्सक संघको आग्रहमा अस्पतालका सेवा बन्द भएका हुन् । यसले गर्दा बिरामी मारमा परेका छन् । अस्पताल पुगेका केहि बिरामी निरास भएका फर्किएका छन् भने केही ठाउँमा नाराबाजी भएको छ ।
काठमाडौंको वीर, शिक्षण, सिभिल लगायतका ठूला अस्पतालमा पुगेका सयौँ बिरामी निरास भएका छन् ।
यसैबीच, नेपाल चिकित्सक संघ र सरकारी पक्षबीच वार्ता भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता भइरहेको हो ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. गणेश पाण्डे र चिकित्सकहरुको तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की नेतृत्वको टोली सहभागी छन् । यस्तै ट्रमा सेन्टरका निर्देशक सहभागी छन् ।
Facebook Comment
Comment