पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोज्नेलाई महाधिवेशनले झापड लगायौं : अध्यक्ष बास्कोटा

नेपालभ्युज

पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोज्नेलाई महाधिवेशनले झापड लगायौं : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छन् । शुक्रवार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्  ।

अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताईन् । उनले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको बताईन् ।

उनले पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको बताईन् । उनले महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताईन् ।

उनले भनिन्, ‘यो मेरो ६ महिनाको सर्ट टम गोल हो, पार्टी नै सक्याएर राप्रपाकरण गर्न खोजिएको थियो ।  कयौँले पूर्व अध्यक्षलाई गाली गरौँ भने तर केही गर्नु पर्दैन, यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो ।’

‘महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीति  स्थापित गर्छ, त्यो सबैभन्दा ठूलो झापड हो, गाली गर्नै पर्दैन, हारिसकेको मान्छेलाई हामीले फेरि किन हराउन जरुरी छ’, उनले भने ।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताईन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved